दफा ३२
विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरु
विवरणपत्रमा उल्लेख हुनु पर्ने सामान्य कुराहरु, निष्काशनकर्ताको पूँजी तथा अन्य जानकारी, निष्काशनकर्ताले गर्ने मुख्य कामहरु, कानूनी कारबाही सम्बन्धी जानकारी, निष्काशनकर्ताको आर्थिक स्थिति, सामान्य प्रशासन, व्यवस्थापन तथा विवरणपत्र र विवरणपत्रमा समावेश आर्थिक विवरण तयार गर्ने विशेषज्ञ सम्बन्धी जानकारी तथा अन्य कुराहरु तोकिए बमोजिम हुनेछ ।